राष्ट्र न्यूज सम्वाददाता
वैशाख १४, २०८२

काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेल सँग भेट गरेकोहो।
परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेल सँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नविन सिग्देलले जानकारी दिए ।
भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रम जोड दिन अनुरोध गरे । “सरकार सहकार्यलाई तयार छ” उनले भने, “हामी छलफल नै गरेर अगाडि बढौला ।” भेटघाटका कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्यले कार्यक्रमका वारेमा जानकारी गराएको थिए ।