नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट
काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेल सँग भेट गरेकोहो।
परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेल सँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नविन सिग्देलले जानकारी दिए ।भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रम जोड दिन अनुरोध गरे । “सरकार सहकार्यलाई तयार छ” उनले भने, “हामी छलफल नै गरेर अगाडि बढौला ।” भेटघाटका कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्यले कार्यक्रमका वारेमा जानकारी गराएको थिए ।
Contact us
Your email address will not be published. Required fields are marked *
