स्वास्थ्य मन्त्री प्रदिप पौडेलद्वारा नेपाल परिवार नियोजन संघ, कास्की शाखाको निरीक्षण
असोज १, २०८१, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा उनले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिए ।संधलेपरिवार नियोजन यम्बन्धि सम्पूर्ण, सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, यौनजन्य रोग सम्बन्धि उपचार तथा परामर्श, एचआइभी परिक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण लगायत सेवा प्रदान गर्दै आएको छ ।
मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्नुभएको थियो । सभापति सिग्देलले संघले बिगतमा IPPF लगायक अन्य दाताहरूले संघलाई आर्थिक सहयोग गर्दै आएकोमा हाल सो सहयोग मा ब्यापक कटौटी भयकोले नेपाल सरकारबाटै साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गरे ।
Contact us
Your email address will not be published. Required fields are marked *
